हाम्रो पेज

काठमाडौं, १० जेष्ठ । सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब बढाउन सरकारलाई सिफारिस गरेको हो । समितिले हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको छ । तलब भत्ता पुनरावलोकन समिति’ले सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरेको छ ।समितिले तल्लो तह कार्यालय सहयोगी का कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । त्यस्तै, समितिले सबैभन्दा माथिल्लो तह मुख्यसचिवको कर्मचारीको तलब ५६ दशमलव ७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । अर्थात, हाल २७ हजार ६ सय १२ रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्याउन सिफारिस गरिएको छ । यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसयता कर्मचारीको तलब बढेको छैन । गत वर्ष कर्मचारीको तलब वृद्धि गरिने भनिए पनि राजस्वले नधान्ने भन्दै सरकार तलब वृद्धि गर्ने तयारीबाट पछि हटेको थियो । तर, यसपटक भने कर्मचारी तलब वृद्धि हुने सम्भावना रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउने भएको छ।