आज प्रतिघण्टा ६० किमिसम्मको हुरी चल्ने सम्भावना, रुख ढल्ने, छाना उड्ने खतरा

हाम्रो पेज

६ चैत्र २०८२, शुक्रबार १२:३५

विराटनगर, ५ चैत । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईमा आज ९शुक्रबार० प्रतिघण्टा ५०, ६० किमिसम्मको हुरी चल्ने सम्भावना छ। महाशाखाले आज बिहान ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ। सूचनामा भनिएको छ, ‘आज चैत्र ०६ गते ९शुक्रबार० मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी ९करिब ५०,६० किमि घण्टा चल्ने सम्भावना छ। यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’ साथै मौसम महाशाखाले यस विषयमा निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अध्यावधिक जानकारी गराइने जानकारी दिँदै सबैलाई अध्यावधिक मौसमी सूचना हेर्न अनुरोध गरेको छ। शुक्रबार ९ चैत ६० बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भएको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस दिन देशभर नै वर्षाको पूर्वानुमान छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ । कोसी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना छ । वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जनरचट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान छ । “कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा समेत भारी वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षा कहाँ कहिले र कस्तो पर्नेछ प्रभाव ?
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले नेपालमा पश्चिमबाट वर्षा गराउने प्रणाली प्रवेश गर्ने र दार्चुला, डडेलधुरा, हुम्लालगायत उच्चपहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताउनु भएकोछ । बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमी गतिविधिका कारण शुक्रबार साँझतिर केही वर्षा हुनसक्छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , “साँझ ढल्दै जाँदा धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रित भई मध्यम वर्षा हुने अनुमान छ ।” उहाँले काठमाडौं उपत्यकामा पनि शुक्रबार साँझ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभएको छ । यहाँ राति पनि केही बेर वर्षा हुने उनको पूर्वानुमान छ । “विशेष गरी काभ्रेपलाञ्चोक मण्डनदेउपुर–नगरकोट भक्तपुर क्षेत्रमा केही बढी वर्षा हुनसक्छ ९तर, बाढीपहिरोको जोखिम न्यून छ,” उहाँले भन्नु भएको छ । शुक्रबार राति करिब ११ देखि शनिबार बिहान ६ बजेसम्म कर्णालीको तल्लो र लुम्बिनी प्रदेशको माथिल्लो भूभागमा चार–पाँच घण्टासम्म वर्षाको सम्भावना छ । यसै समयमा कपिलवस्तु र रुपन्देही आसपास क्षेत्रमा पनि दुई–चार घण्टा भारी वर्षा हुन सक्ने छ । शुक्रबार साँझदेखि शनिबार चैत ७ अपराह्नसम्म पश्चिमबाट पूर्वतर्फ सर्ने पानी पार्ने यो प्रणालीले देशभर वर्षा गराउने उनको पूर्वानुमान छ ।