दिल्लीको लाल किल्ला नजिक विस्फोटः १२को मृत्यु

हाम्रो पेज

२५ कार्तिक २०८२, मंगलवार १६:४६

मंगलबार, कात्तिक २५ । भारतको राजधानीदिल्ली स्थित लाल किल्ला नजिक भएको कार बम विष्फोटले पूरै देशलाई हल्लाइदिएको छ। करिब १४ वर्षपछि राष्ट्रिय राजधानी यस्तो विस्फोटले दहलियो। विस्फोटको खबर बाहिर आउनासाथ दिल्ली प्रहरी र केन्द्रीय एजेन्सीहरू सतर्क भए। लगातार अनुसन्धान भइरहेको छ, सीसीटीभी फुटेजहरू स्क्यान गरिँदैछ। यस विस्फोटमा हालसम्म १२ जनाको ज्यान गएको छ भने धेरै मानिस घाइते भएका छन्। यस विस्फोटको पाकिस्तानसँगको आतंक लिंक पनि अगाडि आएको देखिन्छ। यो फरीदाबाद टेरर मोड्युलसँग पनि जोडिएको प्रहरीलाई उदृत गर्दै भारतयि संचारमाध्यामहरुले उल्लेख गरेका छन् । जसमा विस्फोट हुनुअघि तीन डाक्टरसहित ७ संदिग्धहरूलाई पक्राउ गरिएको थियो। यसमा महिला डाक्टर शाहीन शाहिद पनि सामेल छिन्, जसको आतंककारी संगठन जैशसँग सम्बन्ध जोडिएको छ। यस कार्यमा जैश ए मोहम्मद र अन्सार गजवत उल हिन्दसँग सम्बन्धित आतंकवादी मोड्युलको पनि पर्दाफास भएको छ। गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान एजेन्सी एनआईएलाई अनुसन्धानको जिम्मा दिएको छ। अमित शाहले मंगलबार बिहान ११ बजेतिर उच्चस्तरीय बैठक गरे। यसपछि नै केन्द्रीय गृह मन्त्रालयले यो निर्णय लिएको हो। दिल्ली प्रहरीले मंगलबार लाल किल्ला नजिक भएको विष्फोटको घटनामा यूएपीए अन्तर्गत एफआईआर दर्ता गरेको छ र राष्ट्रिय राजधानीका धेरै स्थानमा छापा मारेको छ। प्रारम्भिक जानकारी अनुसार, सोमबार साँझ लाल किल्ला नजिक विष्फोट भएको कारको चालकको फरीदाबादस्थित आतंकवादी मोड्युलसँग सम्बन्ध रहेको बताइएको छ।