चीनको विशाल सैन्य परेडमा प्रधानमन्त्री ओली

हाम्रो पेज

१८ भाद्र २०८२, बुधबार १२:२२

काठमाडौं, २८ भाद्र । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजित विजय उत्सवको ८० औँ वार्षिकोत्सवमा विशेष सैनिक परेड कार्यक्रममा सहभागी हुनु भएको छ । यस अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख र सरकार प्रमुखलाई स्वागत गर्नभएको थियो प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक हुनुभयो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी को मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन पुग्नु भएको हो । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै हुनुहुन्छ । चीनको राजधानी बेइजिङमा बुधबार एक भव्य सैन्य परेडको आयोजना गरियो। यसमा रुसी राष्ट्रपति पुटिनसहित विश्वका धेरै ठूला नेताहरूले भाग लिएका थिए। रुस, उत्तर कोरिया, पाकिस्तानका नेताहरू पनि परेडमा सहभागी भएका थिए। बेइजिङको तियानमेन स्क्वायरमा यस परेडका दौरान चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन ग¥यो र आधुनिक हतियारहरू विश्वलाई देखायो। दोस्रो विश्वयुद्धका क्रममा जापानविरुद्ध चिनियाँ जनप्रतिरोधको सम्झनामा यो आयोजना भएको हो। यस वर्षको परेड चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो परेड हो। यस वर्षको चीनको परेडको स्वरूप २०१५ र २०१९ को जस्तै थियो। यसपटक पनि चरा र बेलुनहरू समावेश गरिएका थिए। यद्यपि यसपटक धेरै महत्त्वपूर्ण अतिथिहरू थिए र परेडको स्तर ठूलो थियो। परेडमा विदेशी मिडियामाथि निकै नियन्त्रण थियो। परेडमा चिनियाँ विमानहरूले आफ्नो कलासहित हतियार प्रदर्शन गरे।तियानमेन चोकको वरपरका क्षेत्रमा चिनियाँ लडाकु विमानहरूबाट रंगीन धुवाँ छोडियो।