NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १७ अषाढ । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने एकसय ७१ जना विद्यार्थी र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा विद्यालयले आफ्ना सफल विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै उनीहरूका अभिभावकहरूलाई पनि धन्यवाद ज्ञापन गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट बोर्डिङ स्कुलको शैक्षिक परम्परा र उपलब्धिहरूको विस्तृत चर्चा गर्नुभयो । एभरेष्ट स्कुलले विगत तीन वर्षदेखि एसईई उत्तीर्ण हुने विद्यार्थी र अभिभावकलाई सम्मान गर्दै आएको बताउनुभयो । २०५७ सालदेखि एसएसली (हाल एसईई) परीक्षामा सहभागिता जनाउंदै आएको बताउदै उहाँले त्यसयता आफ्ना बिद्यार्थीले निरन्तर उत्कृष्ट परिणाम ल्याउँदै आएको बताउनुभयो । विद्यार्थीले ४ जीपीए नै ल्याउनुपर्छ भन्ने कुरा नभएर महत्त्वपूर्ण कुरा गुणस्तरीय शिक्षा हासिल गर्नु रहेको उहाँको भनाइ छ।