NOTIFICATIONS
हाम्रो पेज
ईनरुवा, २० जेठ । सुनसरीको इनरुवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणमा तीनदिने जीवन विज्ञान उर्जा ध्यान शिविर सम्पन्न भएको छ ।
दैनिक मैदानमा खटिने प्रहरीहरुमा उच्चत्तम खुशी र तनाव कम गर्ने उद्देश्यले जीवन विज्ञान इनरुवा नगर परिषद्ले सशस्त्र प्रहरी ४ नम्बर गण हातामा उर्जा ध्यान शिविर आयोजना गरेको हो ।
मानिसको अन्तरनिहीत क्षमतालाई बाहिर उजार गरेर योगले व्यक्तिलाई खुशी र स्वस्थ रहन मद्दत पु¥याउने जीवन विज्ञान ईनरुवाकी अध्यक्ष एवम् योग प्रशिक्षक सविना सिग्देलले बताउनुभयो । योग शिविर पछि बोल्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले योगले शरीर र मनलाई एक ठाउँमा एकीकृत गरि सकारात्मक उर्जा प्रवाह गर्ने भएकोले अहिलेकोे समयमा योग अनिवार्य रहेको धारणा राख्नुभयो ।
तीनदिने उर्जा ध्यान शिविरमा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीमा कार्यरत सशस्त्र प्रहरी जवानदेखि अधिकृतहरुले सहभागिता जनाएका थिए ।