search logo
NOTIFICATIONS

रसुवा बाढीपीडितकालागि युवा व्यवसायी मनोज चौहानद्वारा पाँचलाख ५० हजार सहयोग

हाम्रो पेज

१५ भाद्र २०८३, सोमबार १३:२७

विराटनगर, १५ भाद्र । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरका युवा व्यवसायी मनोज चौहानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषकालागि पाँचलाख ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

चौहानले उक्त सहयोग रकम बराबरको चेक आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गर्नुभएको हो। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वासका साथ उक्त रकम प्रदान गरिएको चौहानले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग गरिने जानकारी दिनुभयो । साथै उहाँले विपद्को समयमा देखाइएको सहयोगी भावनाको प्रशंसा गर्दै अन्य व्यक्ति तथा संघसंस्थालाई पनि मानवीय कार्यमा सहभागी हुन आग्रह गर्नुभयो ।

रसुवामा आएको बाढीका कारण प्रभावित भएका नागरिकको सहयोगकालागि विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।