गृहमन्त्रीबाट सुधन गुरुङको राजीनामा

हाम्रो पेज

९ बैशाख २०८३, बुधबार १४:५४

काठमाडौं, ९ वैशाख । सम्पत्ति विवरण, त्यसको स्रोत , शेयर खरिदका विषयमा उठेका प्रश्नपछि राजीनामाको चोतर्फी दबाबका बीच गृहमन्त्री सुधन गुरुङले पदबाट दिए राजीनामा दिनु भएको छ । गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले भन्नु भएको छ, , ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’ उहाँले नैतिकताको आधारमा राजीनामा दिएको जनाउनु भएकाकृ छ । ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ गुरुङले भन्नु भएको छ । उहाँले आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको बताउनु भएको छ । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उहाँले भन्नु भएको छ, , ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ।’ आफ्नो शेयरको विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रुपमा लिएको उहाँले जनाउनु भएको छ, ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उहाँले भन्नु भएको छ । आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनु भएको छ । अरुलाई पनि सत्यको बाटोमा उभिन उहाँले आग्रह गर्नुभएको छ । ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,’ उहाँले भन्नु भएकोछ । राजीनामा दिएसँगै उहाँले सञ्चारकर्मीमाथि पनि प्रश्न उठाउनु भएको छ । ‘कति मिडियाकर्मीमािथहरूको कहाँ कहाँ स्वीट शेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,’ गुरुङले भन्नु भएकोछ । शेयर खरिद र त्यसको लगानीको विषयमा दीपक भट्टसँग जोडिएको भन्दै यसअघि नै प्रतिपक्ष दल नेपाली काग्रेस, एमालेले राजीनामाको माग गरेका थिए भने श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले राजीनामाका लागि सुझाव दिनु भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि छानविनको माग गर्नुभएको थियो । बालेन सरकारमा महत्वपूर्ण गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका सुधन चैत १३ गते मन्त्री बन्नु भएको थियो ।