नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

हाम्रो पेज

६ पुष २०८२, आईतवार ११:१७
 विराटनगर,६ पुष । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव खस्नु भएको थियो । गम्भीर अवस्थामा फेला परेपछि उहाँलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान ७ः२५ बजे उहाँको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिनुभयो । यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत रहनु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनाका कारणबारे विभिन्न पक्षबाट अध्ययन भइरहेको जनाइएको छ ।