NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, २ पुस । विराटनगरमा जारी अन्तरस्कुल क्रिकेट प्रतियोगितामा ग्रीनपिस स्कुलले जित हात परेको छ I नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गिनपिसले डिएभी स्कललाई २ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रन जोडेको थियो । जस्मा प्रभान्सु कर्णले सर्वाधिक ४० रनको योगदान दिए । ग्रिनपिसका महमद सममले सर्वाधक ३ विकेट लिए ।
जवाफमा एकसय १७ रनको विजयी लक्ष्य पछ्याएको ग्रीनपिसले १६ दशमलव ५ बलमा ८ विकेटको क्षतिमा सो लक्ष्य भेट्टायो । जसमा सकर आलमले २९ रन र प्लेयर अफ म्याच आमिर रैनले अविजित २१ रनको योगदान दिए । डिएभीका देवराज झाले सर्वाधिक ३ विकेट दिए ।