हाम्रो पेज


जिल्लामा विभिन्न समूह र पक्षबाट भइरहेका प्रदर्शनले अप्रिय घटना निम्त्याउन सक्ने आशङ्काका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो आदेश जारी गरिएको हो। प्रशासनले धर्ना, जुलुस र सभाजस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। कोशी प्रदेशका अन्य शहरहरूमा पनि बिहानैदेखि आन्दोलन जारी छ। झापाको बिर्तामोडमा प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन्। हिजो पनि सोही कार्यालयमा तोडफोड भएको थियो। इटहरीमा कर्फ्यु जारी छ । विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्। युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै पुष्पलालको सालिकमा आगजनी गरी तोडफोड गरेका छन्। यसैगरी, इटहरीमा पनि कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीहरू भेला हुन थालेका छन्। हिजोको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि इटहरी थप तनावग्रस्त बनेको छ। काठमाडौं उपत्याकाका ३ जिल्लामा पनि कर्फ्यु जारी छ । कर्फ्यु बीच पनि जेनजी युवाहरुले प्रर्दशन जारी राखेका छन् । सकारी दमनको भत्र्सना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी रुपमा आलोचना सहित राजीनामा माग गरिएको छ ।