search logo
NOTIFICATIONS

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हाम्रो पेज

३० असार २०८२, सोमबार १९:२२

मोरङ ३० अषाढ । मोरङको बेलबारी नगरपालिका ८, बाँसबारीमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, आइतबार बिहानै आफ्नो खेतमा पानी लगाउन गएकी ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। प्रहरीका अनुसार, राजवंशी आइतबार बिहान करिब ३ बजे घरनजिकैको खेतमा पानी लगाउन जानुभएको थियो। सोही क्रममा जंगलबाट एक्कासि निस्किएको हात्तीले उहाँलाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते हुनुभएकी उहाँलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल ल्याइएको थियो। तर, उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। विशेषगरी, जंगल र निकुञ्ज वरपरका बस्तीहरूमा जंगली हात्तीको आतंकले स्थानीयको ज्यान जोखिममा पर्ने क्रम बढेको छ।