नेपाली कांग्रेसले ललितपुरमा १३ करोडको जग्गा किन्यो

हाम्रो पेज

१३ असार २०८२, शुक्रबार १७:०४
काठमाडौं, १३ अषाढ । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा तीन करोड रुपैयाँमा खरिद गरेको छ । केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भएको छ I

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ । जग्गाको १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने विज्ञप्तिमार्फत् जनाइएको छ ।