हाम्रो पेज


विराट स्पोर्ट्स जोनको क्रिकेट एकेडेमी निर्माण, क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षणहरु, बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यो एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको सचिव नवराज काफ्लेले बताउनुभयो । काफ्लेका अनुशार स्पोर्ट्स जोनले कोशी प्रदेशमै पहिलोपटक गो–कार्ट ट्र्याक सञ्चालनमा ल्याउँदैछ, जुन सबै उमेरका खेलकुद तथा रोमाञ्च–प्रेमीका लागि आकर्षक केन्द्र बन्ने विश्वास लिइएको छ । आधुनिक सुरक्षा मापदण्ड, व्यवस्थित ट्र्याक र सुरक्षात्मक उपकरणसहित यो सेवा प्रदेशकै नयाँ अनुभवको रूपमा प्रस्तुत गरिएको काफ्लेले जानकारी दिनुभयो । स्पोर्टस जोनमा फुटसल, क्रीकसल, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस आकर्षणका रुपमा रहेका छन् । त्यस्तै फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुनेछन्। २५ भन्दा बढी कर्मचारी परिचालनसहित खेलप्रेमीलाई सहज सेवा उपलब्ध गराउने जोनले लक्ष्य लिएको छ । आगामी चरणमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन र अन्य आधुनिक खेल संरचना थप गर्दै स्पोर्ट्स जोनलाई प्रदेशकै सबभन्दा ठूलो समग्र खेल केन्द्रका रूपमा विस्तार गर्ने योजनासमेत रहेको काफ्लेले बताउनुभयो ।

