search logo
NOTIFICATIONS

समृद्ध विराटनगरको लक्ष्यसहित चार अर्ब ४० लाखको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

हाम्रो पेज

१० असार २०८२, मंगलवार १३:५४
विराटनगर १० अषाढ I विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ को महत्वाकांक्षी बजेट प्रस्तुत गरेको छ। आज आयोजित नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख माननीय शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै उक्त बजेट सार्वजनिक गर्नुभएको हो।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले यो बजेट राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिको प्रतिफल भएको बताउनुभयो। उहाँले बजेटले समृद्ध महानगर बनाउने साझा अभियानमा महत्वपूर्ण सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
बजेटका मुख्य स्रोतहरू
महानगरले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटका स्रोतहरू यसरी अनुमान गरेको छI
वित्तीय समानीकरण अनुदान संघ र प्रदेश रु ३७ करोड ९६ लाख ३० हजार
राजस्व बाँडफाँड रु १ अर्ब १९ करोड २० लाख
आन्तरिक राजस्व रु १ अर्ब ४० करोड
संघीय सरकार सशर्त र समपूरक अनुदान रु। ८३ करोड ३४ लाख
प्रदेश सरकार सशर्त अनुदान रु ४ करोड २३ लाख ६७ हजार
नगद मौज्दातः रु १४ करोड
सडक बोर्ड नेपालः रु १ करोड ५० लाख
अन्य संघसंस्थाः रु १६ लाख
खर्चको क्षेत्रगत विनियोजन
महानगरले बजेटलाई विभिन्न क्षेत्रमा देहायबमोजिम विनियोजन गरेको छI
पूर्वाधार विकास कुल रु १ अर्ब ६८ करोड ८३ लाख १३ हजार
महानगरले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै ठूलो हिस्सा विनियोजन गरेको छI
बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना रु ७० करोड
नगरस्तरीय योजना रु ६४ करोड ६१ लाख १ हजार
सडक मर्मत सम्भार रु १० करोड
सडक पूर्वाधार तथा बस्ती विकास रु १० करोड २७ लाख १२ हजार
समपूरक योजनाहरू रु ६ करोड २० लाख
फोहोरपानी प्रशोधन केन्द्र रु २ करोड ६० लाख
विद्युतीकरण कार्यक्रम रु २ करोड
भवन संहिता तथा निर्माण इजाजत रु १ करोड ६५ लाख
सडक बोर्डबाट सञ्चालित योजना रु १ करोड ५० लाख
सामाजिक विकास कुल रु १ अर्ब ८९ लाख ३० हजार
शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राख्दै सामाजिक क्षेत्रमा उल्लेख्य बजेट छुट्याइएको छ
शैक्षिक विकास कार्यक्रम रु ७५ करोड ५१ लाख ३० हजार
स्वास्थ्य कार्यक्रम रु १५ करोड ३५ लाख
संघसंस्था अनुदान रु ५ करोड ५ लाख
महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा लक्षित वर्गका कार्यक्रम रु २ करोड ६४ लाख
खेलकुद विकास रु ९० लाख
रोजगार प्रवर्द्धन रु ६९ लाख
प्रशासनिक तथा अन्य चालु खर्च
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु ६४ करोड ७५ लाख
चालु आवका भुक्तानी बाँकी योजना रु ८ करोड
ऋणको साँवा ब्याज भुक्तानी रु ५ करोड
वडास्तरीय योजना तथा कार्यक्रम
वडा कार्यालयहरूमार्फत स्थानीय स्तरमा योजना तथा कार्यक्रम सञ्चालनका लागि रु ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरिएको छ।
आर्थिक विकास, सुशासन तथा अन्य क्षेत्रहरू
उद्यमशीलता विकास रु ४ करोड ७० लाख
सुशासन तथा संस्थागत विकास नगर प्रहरी, सूचना प्रविधि, सञ्चार आदि रु ३ करोड ३० लाख
कृषि, पशुपंक्षी तथा सहकारी रु २ करोड १४ लाख २५ हजार
विपद् व्यवस्थापन रु १ करोड २० लाख
वातावरण तथा जैविक विविधता संरक्षण रु २० लाख