अनेरास्वियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार १२:५९
काठमाडौं, ३० जेठ I अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया विजयी हुनुभएको छ । कीर्तिपुरमा सम्पन्न २४ औं महाधिवेशनबाट प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले हराँउदै कडरिया विजयी हुनुभएको हो ।

कडरियाले सातसय ३२ मत ल्याउदा पौडेलले सातसय २५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले गएराती घोषणा गरेको मत परिणाम अनुसार उपाध्यक्षमा विकाश श्रेष्ठले सातसय ८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धी राजकुमार ढकालले चारसय २९ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा अञ्जना शिवाकोटीले सातसय ७५ मत ल्याएर विजयी हुँदा आरती भट्टराईले तीनसय २१ मत प्राप्त गर्नुभएको छ । महासचिविमा सातसय ८५ मत ल्याएर दिपक धामी विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी आर.के.रोमसले पाँचसय ५४ मत प्राप्त गर्नुभएको छ । उपमहासचिवमा कमल जोशीले आठसय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी प्रेमिका शाहीले चारसय ७४ मत प्राप्त गर्नुभएको छ । तीनजना सचिवमा आकाश घर्ती मगर तीनसय ६०, ई.रचना सापकोटा तीनसय ४ र समिम बाबु खानले दुईसय ७३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
जेठ २५ गते देखि किर्तीपुरको अडिरोयिम हलमा सुरु भएको महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि हिजो निर्वाचन भएको थियो । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्षे उमेर हद लगाएको छ ।