हाम्रो पेज

कहाँ कति शव फेला परे
चितवनमा सबैभन्दा बढी ३५९ ९विभिन्न मानव अंगसहित०, नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
सम्पर्कविहीन र घाइते
हालसम्म करिब ५ हजार ५३ जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये रसुवा जिल्ला प्रशासनबाट २ हजार १ सय ३०, नुवाकोट जिल्ला प्रशासनबाट २ हजार ३ सय ४० र विदेशी नागरिक ५८३ जना समावेश छन्। यता, हालसम्म ५ हजार ६ सय ६३ जना घाइतेको उपचार गरिएको छ, जसमध्ये अस्पतालमा ३१४, नेपाली सेनाबाट ३२६६ र सशस्त्र प्रहरीबाट २०८३ जनाको उपचार भएको छ।
उद्धार अभियान
भदौ १९ गते त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप २ जना जीवित उद्धार गरिएका छन्। हालसम्म कुल १३ हजार ९५ जना उद्धार भइसकेका छन्, जसमध्ये नेपाली सेनाद्वारा ४१५७ ९हवाई उद्धार विदेशी २७३, नेपाली ३६८४ र स्थलगत २०००, नेपाल प्रहरीद्वारा ४०६८ र सशस्त्र प्रहरी बल संयुक्त उद्धारमा ४८७० जना रहेका छन्। नेपाली सेनाले हालसम्म ८८१ पटक ९आजै ९६ उडान० र निजी क्षेत्रले काठमाडौंबाट १२९ पटक हेलिकप्टर उडान गरेका छन्। उद्धार गरिएकामध्ये विदेशी नागरिकको संख्या ३०३ रहेको छ।
सुरक्षाकर्मी परिचालन र होल्डिङ सेन्टर
विपद् प्रतिकार्यमा कुल २१ हजार ४२१ सुरक्षाकर्मी खटिएका छन् — नेपाल प्रहरी ७९३१, नेपाली सेना ९२८७ र सशस्त्र प्रहरी बल ४२०३ जना। रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४६२७ जना बसिरहेका छन्।
भौतिक क्षति
प्रारम्भिक आँकलनअनुसार ७५७० निजी घर, ४८ सरकारी संरचना ९३५ पूर्ण, १३ आंशिक०, १८ विद्यालय ९११ पूर्ण, ७ आंशिक०, ७ स्वास्थ्य संस्था ९४ पूर्ण, ३ आंशिक० क्षतिग्रस्त भएका छन्। ५५ किलोमिटर सडक पूर्ण क्षति भएको छ भने ३७ वटा मोटरेबल पुल ९३३ पूर्ण क्षति० र ६८ वटा झोलुंगे पुल प्रभावित भएका छन्।
राहत सामग्री र नगद सहयोग
काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री तथा हेलिकप्टरबाट ९ उडानमार्फत सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १(१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई कुल १३ करोड ५० लाख नगद राहत उपलब्ध गराएको छ। क्षति भएका घरधुरीको आधारमा प्रत्यक्ष प्रभावित जनसंख्या ३२,९६३ रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका नेपाली, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण आफ्नो फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। साथै, सम्पर्कविहीनको संख्यामा हाल पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने प्राधिकरणले उल्लेख गरेको छ।
भोटेकोशी बाढी ः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो ।उनीहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ । सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ । सो क्षेत्रमा खोज तथा उद्धार जारी छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ । टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ । देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ । प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन् । यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।