हाम्रो पेज
विराटनगर, १ भाद्र । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजनसमेत टुंग्याउनुभएको हो।
त्यसैगरी माननीय इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय, माननीय गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ। स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा माननीय सपना दर्जीलाई जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो। सोही सिफारिसबमोजिम माननीय प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त माननीय मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
नयाँ सत्ता सहकार्यअनुसार मन्त्रिमण्डल विस्तार भएसँगै कोशी प्रदेश सरकार सञ्चालनको संरचनाले पूर्णता पाएको छ। नेकपा एमाले र नेकपाबीचको सहकार्यसँगै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणसमेत स्थापित भएको छ। साथै, मन्त्रिमण्डलमा तीन जना महिलाको सहभागिताले समावेशी प्रतिनिधित्वलाई थप सुदृढ बनाएको छ।