हाम्रो पेज


जिल्ला प्रशासन मोरङका अनुसार अनुमगनका क्रममा उद्योगपरिसरमा रहेका १९ वटा भरिएका सिलिन्डरहरू तौल जाँच गर्दा एउटा सिलिन्डरमा दुई सय ४० ग्राम कम ग्यास पाइएको थियो । यसैगरी केही पुराना म्याद गुज्रिएर असुरक्षित बनेका सिलिन्डरहरूमा पनि ग्यास भरेर बजारमा पठाउन ठिक्क पारिएको थियो । त्यसैले म्याद गुज्रिएका सिलिन्डर ग्यास खाली गर्न लगाएर नष्ट गराइएको थियो । यसैगरी अनुगमनमा असहयोग गर्ने विराटनगर महानगरपालिका– ३ स्थित कन्चनेश्वर ग्यास पसललाई पनि प्रशासनले १५ हजार रुपैयाँ जरिवाना गरेको छ । मोरङ प्रशासनले २५ साउनमा बुढीगंगा गाउँपालिका– ४, निमुवामा रहेको कोशी ग्यास उद्योगले सिलिन्डरमा कम तौल राखेको फेला परेपछि दुई लाख ९० हजार रुपैयाँ जरिवाना गरेको थियो। साथै अनुगमनका क्रममा असहयोग गर्ने विराटनगर महानगरपालिका– ७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
भोलि काठमाडौंका पाँच स्थानमा सरकारले ग्यास बिक्री गर्ने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

उता नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमका अनुसार भोलि २०८३ साउन ३१ गते शनिबारदेखि तोकिएका स्थानहरुबाट सम्बन्धित ब्राण्डका ग्यास सिलिन्डरहरू वितरण गरिनेछ । जसअनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्राण्डको ग्यास बिक्री गरिनेछ । त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्राण्डको ग्यास उपलब्ध हुनेछ ।राजास्वामी किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास पाइनेछ । भने बसुन्धराको राजास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्टरसुगम र भानुक ओम् ब्राण्डको ग्यास वितरण गरिनेछ । बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डको ग्यास बिक्री गरिने निगमले जनाएको छ ।ग्यास आवश्यकता भएका उपभोक्ताहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।