हाम्रो पेज

त्यसयता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन्। विभिन्न विद्यालय र कलेजमा रोजगारीमा समेत प्रयास गरेका विवेकले लोकसेवाको परीक्षा समेत प्रयास गरेका थिए। तर सबैतिर असफल भए पछि विवेक मानसिक रुपमा कमजोर बन्दै गएका थिए। विवेककै अध्ययनका लागि उनका अभिभावकले वैंकबाट तथा गाउँघरबाट ३५ लाख रुपैयाँ ऋणसमेत लिएको थियो। आफू बेरोजगार भए पछि ऋण तिर्न नसकेर घरमा नै बस्नु परेका कारण पनि विवेक तनावमा रहेको परिवारले जनाएको छ। उनको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेशकुमार सिंहले दुःख व्यक्त गर्नुभएको छ । सिंहले अथक प्रयासका बाबजुद मण्डललाई बचाउन नसकिएको बताउनुभयो ।
‘विवेक मन्डललाई बचाउन मेरो ब्यक्तिगत, सरकार र डाक्टरहरुले कुनै कसर बाँकी राखेको थिएन। अथक प्रयासका बाब्जुद उनको निधन भएको छ। उनको दुःखद र असमायिक निधनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ सिंहले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘साथै शोकसन्तप्त परिवारजनमा गहिरो सम्बेदना ब्यक्त गर्दछु। विवेकको परिवारलाई आफूबाट हुनसक्ने हरेक सहयोग आजिवन गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्दछु।’ सिंहले आज संसद बैठकमा पनि यो घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ ।