search logo
NOTIFICATIONS

डोल्पामा बाढीले एक जनाको मृत्यु, नौ घरमा आंशिक क्षति

हाम्रो पेज

२१ असार २०८३, आईतवार ११:२४

डोल्पा, २१ असार । अविरल वर्षापछि आएको हिलोसहितको बाढीले डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाढीबाट एक घर पूर्ण रूपमा क्षति हुँदा नौ घरमा आंशिक क्षति पुगेको छ ।आइतबार बिहान करिब ३ बजे धुलाखोलामा आएको हिलोमाटोसहितको बाढीले स्थानीय बस्तीमा क्षति पुर्‍याएको हो । बाढीबाट नवीन विकको घर पूर्ण रूपमा क्षति भएको छ। घरमा चार जना सदस्य रहेको र सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ । आनन्दा विकको घरमा आंशिक क्षति पुगेको छ। उक्त परिवारमा छ जना सदस्य रहेकामा एक जनाको मृत्यु भएको छ भने अन्य सदस्य सम्पर्कमा रहेका छन् । यस्तै, ढोली कामीको घरमा आंशिक क्षति पुग्दा दुई सदस्यीय परिवारमध्ये एक जना घाइते भएका छन् भने अर्का सदस्य सुरक्षित रहेका छन् । त्यसैगरी, सेतु विकको सात सदस्यीय, राजेन्द्र विकको पाँच सदस्यीय, मिनराज विकको चार सदस्यीय, नैनसिंह विकको तीन सदस्यीय, रातो विकको छ सदस्यीय, रेउली विकको पाँच सदस्यीय र संगीता बुढाको तीन सदस्यीय परिवारका घरमा पनि आंशिक क्षति पुगेको छ । यी सबै परिवारका सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीबाट प्रभावित परिवारका अन्य सबै सदस्य सम्पर्कमा रहेका छन् । घटनास्थलमा क्षतिको थप विवरण संकलन, उद्धार काम भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।