हाम्रो पेज
काठमाडौं, १६ असार । पूर्वी भूभाग ९कोसी प्रदेशका केही भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन मंगलबार असार १६देखि देशभर फैलिएको छ । यस वर्षको मनसुन यही असार ५ गते कोसी प्रदेशका विभिन्न क्षेत्रबाट नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन जारी गर्दै यस वर्षको मनसुन प्रणाली मंगलबारबाट देशभर फैलिएको जनाएको छ । नेपालमा यस वर्षको मनसुन मिति २०८३ ०३ ०५ गते देशको पूर्वी भूभागबाट प्रवेश गरी कोसी प्रदेशको केही भूभागमा विस्ता भएकोमा मिति २०८३ ०३ ०८ गते कोसी प्रदेशको बाँकी सम्पूर्ण भूभाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा प्रवेश भएको थियो, विभागले जारी गरेको बुलेटिनमा भनिएको छ । यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो । देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको विभागले जनाएको छ ।
