हाम्रो पेज

अधिवेशनबाट उपसभापति बिमला बस्नेत, सचिव दिवस नेपाल विजयी हुनुभएको छ । यस्तै, सहसचिव सिर्जना गिरी आचार्य विजयी हुनुभएको छ । सभापतिका लागि कोषराज खनाल र सागर फुयाँलले उम्मेदवारी दिनु भएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसके पछि मतदान भएको थियो । यस्तै, सचिवमा दिवस नेपाल ,सुरेश कुमार श्रेष्ठ र कुमार फुयालले उम्मेदारी दिनु भएको थियो । उपाध्यक्ष पदमा भने बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ । सभापतिमा विजयी कँडेल उर्लाबारी निवासी हुनुहुन्छ । उहाँ रास्वपा मोरङका संस्थापक सभापति तथा करिब डेढ वर्षअघि सम्पन्न भेलाबाट निर्वाचित जिल्ला सभापति हुनुहुन्छ ।
शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गर्नुभएका कँडेलले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गर्नुभएको छ । यता विराटनगर निवासी सचिव दिवस भने यसअघि नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गर्नुभएको हो । उहाँ विराटनगर महानगरको उपसचिव हुनुहुन्थ्यो ।

यस्तै रास्वपा केन्द्रीय प्रवक्ता मनिष झाकाअनुसार रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, उपसभापति पुष्पा ढकाल, सचिव विरोध सुवेदी, सहसचिव भीम कुँवर चुनिनुभएको छ । सदस्यहरुमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी, शान्तिमाया न्यौपाने हुनुहुन्छ ।
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल, उपसभापति राजेशमान श्रेष्ठ, सचिव राजाराम कुमार मेहता, सहसचिव योगेन्द्र गिरी चुनिनु भएको छ । सदस्यहरुमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमवीर आर्य, गोकुल थापा चुनिनु भएको छ । शनिबार ३७ जिल्लाको अधिवेशन भएकोमा आइतबार बाँकी जिल्लामा अधिवेशन हुँदैछ ।