search logo
NOTIFICATIONS

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

हाम्रो पेज

१७ जेष्ठ २०८३, आईतवार ११:३०
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो, तोलाको कति ?


काठमाडौं, १७ जेष्ठ । सुनको मूल्य आज तोलामा २० हजार पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर आज सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ। गएको शुक्रबार सुनको भाउ तोलामा ५६ सय रुपैयाँ बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ५५ सय रुपैयाँ घटेको थियो। आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। गएको शुक्रबार तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ४० रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।