आचारसंहिता उल्लङ्घनमा आयोग निर्ममः२४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस
हाम्रो पेज
२३ माघ २०८२, शुक्रबार १८:३१
काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन आयोगले सक्रियता बढाएको बताउनुभएको हो। प्रवक्ता भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्छ्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको जानकारी दिनुभयो। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएको छ। भट्टराईका अनुसार प्राप्त जवाफको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन ९कसुर तथा सजाय० ऐनबमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। उहाँले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिह्नमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताउनुभयो। जसमा महिला उम्मेदवारको सङ्ख्या १ हजार ७७२ र पुरुषको सङ्ख्या १ हजार ३६३ रहेको छ। समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ। उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामै उजुरी गर्ने र त्यहीँबाट फर्छ्योट गर्ने दर बढेको छ। यसले गर्दा केन्द्रमा उजुरी आउने क्रम घटेको महसुस गरेका छौँ। सुधारका पक्षहरू भए हामी अझै परिष्कृत हुन तयार छौँ। हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ बाट जवाफ पाइसकेका छौँ। प्रायस् हामीलाई सोधिने प्रश्न ुजवाफ लिइसकेपछि कारबाही हुन्छ कि हुँदैनु भन्ने छ। आचारसंहिता र निर्वाचन ९कसुर तथा सजाय० ऐन हेर्नुभयो भने यसको स्पष्ट जवाफ पाउनुहुनेछ। केन्द्रीय आचारसंहिता अनुगमन समितिले कानुनबमोजिम थप स्पष्टीकरण लिने वा कारबाही गर्नेबारे निर्णय लिन्छ। आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कुनै सम्झौता गर्दैन।” आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आफूहरू सदैव तयार रहेको प्रतिबद्धता जनाउँदै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।