टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक टोली घोषणा, को को परे ?

हाम्रो पेज

६ पुष २०८२, आईतवार १९:२५

काठमान्डौं, ६ पुष । आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ क्यानले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो । क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ । क्यानले पुस ७ गतेबाट सुरु हुने क्याम्पका लागि २४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम जस्ता खेलाडीले अवसर पाएका छन् । टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण के सी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेश कुमार सिंह छन् । क्यानले केही दिनको क्याम्पपछि विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गर्नेछ । भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।