search logo
NOTIFICATIONS

उद्योग परिसंघको अध्यक्षमा पाण्डे, उपाध्यक्षमा भीम घिमिरे पुनः निर्वाचित

हाम्रो पेज

२५ असार २०८२, बुधबार १९:२८

विराटनगर २५ अषाढ । नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन, नेपाल उद्योग परिसंघ सीएनआई को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बुधबार सम्पन्न परिसंघको २२औँ वार्षिक साधारण सभाबाट अध्यक्षको गरिमामय पदमा प्रतिष्ठित उद्योगी वीरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ।


यसैगरी, परिसंघको केन्द्रीय उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारीमा उद्योगी भीम घिमिरे पुनः निर्वाचित हुनुभएको छ। उहाँले दोस्रो कार्यकालका लागि यो जिम्मेवारी प्राप्त गर्नुभएको हो। प्रदेश तथा शाखाहरूको तर्फबाट प्रतिनिधित्व गर्दै घिमिरेले उपाध्यक्ष पदमा आफ्नो निरन्तरता सुनिश्चित गर्नुभएको हो।
सीएनआई कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहनुभएका घिमिरे आफ्नो जुझारु र कुशल संगठनात्मक क्षमताका लागि परिचित हुनुहुन्छ। उहाँ यसअघिको कार्यकालमा पनि सर्वसम्मतिबाट उपाध्यक्षमा चयन हुनुभएको थियो। साधारण सभासँगै निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले आफ्नो सफल कार्यकाल पूरा गरी बिदा हुनुभएको छ। परिसंघको वरिष्ठ उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारीमा उद्योगी निर्वाण चौधरी चयन हुनुभएको छ। नयाँ कार्यसमितिले औधोगिक नगरी विराटनगरसहित समग्र मुलुकको औद्योगिक तथा आर्थिक विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।