search logo
NOTIFICATIONS

देशका बिभिन्न स्थानमा भारी वर्षा, काठमाडौंसहित ३३ जिल्लामा बाढीको उच्च जोखिम

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार १६:०८
फाईल तस्वीर
काठमाडौं, ३० जेठ I काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ, जसले जनजीवन प्रभावित पारेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी वायु र पश्चिमी क्षेत्रमा स्थानीय वायुको दोहोरो प्रभावले मौसम बदली र वर्षा गराएको हो। यसैलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान महाशाखाले आज ३३ जिल्लामा बाढीको जोखिम औंल्याउँदै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर र रातिको मौसमबारे निम्न जानकारी दिएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा र बाँकी भू भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। राति देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
बाढीको जोखिमः ३३ जिल्ला प्रभावित, १४ मा मध्यम तहको चेतावनी
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार बाढीको जोखिमबारे विशेष बुलेटिन जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
आज काठमाडौं, ललितपुर, इलाम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, चितवन, गोरखा, कास्की, बाँके, बर्दिया, डोटी, डडेलधुरा लगायत ३३ जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बस्नेहरूले होसियारी अपनाउनु जरुरी छ।
यस्तै जोखिममा रहेका ३३ मध्ये १४ जिल्लाका लागि महाशाखाले ‘एल्लो वारेन्ट’ पहेँलो रङ अर्थात् मध्यम तहको जोखिमको चेतावनी जारी गरेको छ। यी जिल्लाहरूमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा रहेका छन्।
आगामी ३ दिनसम्म कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ। यद्यपि, पानीको सतह घटबढ भइरहने भएकाले नदी तटीय क्षेत्रमा गरिने कुनै पनि क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस मौसम विभागको बुलेटिन