तीनदिने जेसीआई नेपाल बिजनेस एकेडेमी सम्पन्न

हाम्रो पेज

२३ जेष्ठ २०८२, शुक्रबार १७:११
विराटनगर I इन्द्रपुर जेसीजले जेसीआई नेपाल बिजनेश एक्याडेमी २०२५ भब्य रुपमा सम्पन्न गरेको छ। मोरंगको विराटचोकस्थित होटल नेपालीरिकामा जेठ ७ गतेदेखि १० गतेसम्म संचालन भएको कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल जेसीज २०२५ का अध्यक्ष जेसी राजनी थापाले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्ता कार्यक्रमहरू नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने बताउँदै प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीनदिन सम्म सञ्चालन भएको कार्यक्रममा नेपालभरबाट ६८ जनाले सहभागीता जनाएका थिए I सहभागीहरूलाई प्रमुख प्रशिक्षक निशा चन्ड़क, सहायक प्रशिक्षक अनुप मुन्दडा र सहायक प्रशिक्षक किरण केसीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापन समारोहमा कोशी प्रदेश सांसद तथा नेपाली कांग्रेस पार्टीकी प्रमुख सचेतक शोभा चेम्जोङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो I त्यस अवसरमा नेपाल जेसीजकी राष्ट्रीय अध्यक्ष सेनेटर रजनी थापा, राष्ट्रीय महासचिव विकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम र निरुपित राष्ट्रिय उपाध्यक्ष उज्वल काबरालगायतको उपस्थिति थियो । सो अवसरमा बोल्दै आतिथ्य शाखाका अध्यक्ष जेसी आकाश दुलालले सहभागीहरू अब आफ्नो व्यवसाय अझ प्रभावकारी र दक्ष रूपमा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।