search logo
NOTIFICATIONS

साढे ५ महिनापछि कांग्रेस पूर्वसभापति देउवा स्वदेश फिर्ता

हाम्रो पेज

२८ श्रावण २०८३, बिहीबार १९:२१

काठमाडौं, २८, श्रावण । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किनुभएको छ। गत फागुन १३ गते पूर्वमन्त्री समेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किनुभएको हो। उहाँ उपचारका लागि भन्दै सिंगापुरमा जानुभएको थियो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य रूपमा स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका नेता तथा कार्यकर्ता उहाँको स्वागतका लागि विमानस्थल पुगेका थिए । पूर्वसभापति देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रमरहेको छ।

विमानस्थलमा नरम देउवा चुनदेवीमा गरम

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा कडारूपमा प्रस्तुत हुनु भएको छ । लामो समयको विदेश बसाइपछि बिहीबार मध्याह्न फर्किँदा नरम वक्तव्य दिनु भएका देउवाले चुनदेवीमा कडा अभिव्यक्ति दिनु भको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संस्थापन इतर पक्षको सम्पर्क कार्यालय पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताउनुभयो । ‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ नेपाल मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो। तै पनि बदमासी गर्‍यो।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटकपटक आफूहरूमाथि अनुसन्धान गरेको उनको भनाइ थियो। ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो केही छैन भन्यो। उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ देउवाले भने, ‘तर मलाई बदलाको भावना लिनु छैन।’ देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई केही गर्न नसकेको भन्दै अरूले पनि केही गर्न नसक्ने बताए। ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ?,’ उहाँको प्रश्न छ।

देउवाले देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताउनुभयो । ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। मैले मात्रै चाहेर ल्याएको होरु,’ उनले भने, ‘संविधानसभाले ल्याएको हो गणतन्त्र। मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन। नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ।’ नेपाली कांग्रेसको इतर पक्षले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित चुनदेवी कार्यालयमा स्वागत गरेको छ। देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो। देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो। सो कार्यालयमा देउवाको कार्यकक्ष र टेबुलमा ‘सभापति’ को नेमप्लेट टाँसिएको छ।