search logo
NOTIFICATIONS

विष्णु पौडेललाई माइक्रोमा हालेर नेपालगन्जबाट रातारात काठमाडौं ल्याइयो

हाम्रो पेज

९ असार २०८३, मंगलवार १४:३१
माइक्रोमा काठमाडौं ल्याइयो विष्णु पौडेललाई (तस्बिरहरूसहित)

काठमाडौं, ९ असार । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। मंगलबार मध्याह्न उनलाई काठमाडौं ल्याइएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेत प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको थियो। उहाँलाई गएराति नै सार्वजनिक माइक्रोमा राखेर काठमाडौंं लागि ल्याइएको हो। उहाँलाई प्रहरीले जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको स्रोतले बतायो। सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा उहाँलाई पक्राउ गरिएको थियो। पार्टीको आन्तरिक कार्यदलको कामको सिलसिलामा सुर्खेत पुगेका पौडेललाई विभागको निर्देशनमा नियन्त्रणमा लिई सोमबार साँझ नै बाँकेको नेपालगन्ज पुर्‍याइएको थियो।त्यहाँबाट सडक मार्ग हुँदै काठमाडौँ ल्याइँदै गरेका पौडेललाई सुरुमा सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइने र त्यसपछि म्याद थपको कानुनी प्रक्रियाका लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर हुँदै विशेष अदालत लैजाने तयारी पूरा भएको छ।

यसअघि विभागले पौडेललाई पक्राउ गर्नुभन्दा ठीक अगाडि ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारेर सेयर कारोबार, शंकास्पद सम्पत्ति र वित्तीय दस्ताबेजसँग जोडिएका महत्त्वपूर्ण कागजात तथा उपकरणहरू नियन्त्रणमा लिएको थियो।विष्णु पौडेलको यो अप्रत्याशित गिरफ्तारीको पछाडि पछिल्लो समय अर्बौंको वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका विवादित बिचौलिया एवं व्यवसायी दीपक भट्टसँगको गहिरो ‘अदृश्य व्यावसायिक साझेदारी’ मुख्य कडीका रूपमा बाहिर आएको छ।

विभाग र प्रहरीको अनुसन्धानका क्रममा भट्टले राजनीतिक दलहरू मिलाउने, सरकार फेरबदल गर्ने र आफू अनुकूलका मन्त्रीहरू नियुक्त गराउने खेलमा मुख्य भूमिका खेल्ने गरेको र सोही योजना अन्तर्गत नै पौडेललाई पटक(पटक अर्थमन्त्री बनाउन दबाब दिने गरेको तथ्यहरू फेला परेको दाबी गरिएको छ ।