search logo
NOTIFICATIONS

पूर्व गृहमन्त्री सुधन गुरुङको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय,गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन मन्त्री बन्दै

हाम्रो पेज

२६ जेष्ठ २०८३, मंगलवार १४:३६
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौँ, २६ जेष्ठ । मन्त्रीपरिषद् बैठकले पूर्व गृहमन्त्री सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।’ उहाँका अनुसार प्रतिवेदन अध्ययन गरेर थप निर्णय हुने छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रवक्ता पोखरेलले प्रतिवेदन ग्रहण गरेपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले तत्काल गृहमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा कुनै निर्णय नभएको उल्लेख गर्नुभयो । ‘आजको बैठकबाट त्यस्तो कुनै निर्णय भएको छैन ।’ त्यसैगरी सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, निजामती सेवा सोह्रौं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने र विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आजै दुई मन्त्री थपिने जानकारी दिनुभयो । दुवैजनाको शपथ कार्यक्रम दिउँसो ३ बजेका निम्ति तय गरिएको उहाँले जानकारी दिनुभयो ।