प्रधानमन्त्री बालेनसहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ

हाम्रो पेज

१३ चैत्र २०८२, शुक्रबार १३:१८

काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्नुभएको हो । यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ ९१०अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो । रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनयिताको शपथ लिनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनुभएको हो । नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिनुभएको छ । त्यसैगरी डा, स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदको शपथ लिनुभयो । त्यसैगरी डा, विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषि तथा पशुपंक्षी विकासमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपककुमार साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको हो ।