search logo
NOTIFICATIONS

रवि लामिछानेलाई रिहा गर्न आदेश,दुई करोड ७४ लाख ८४ हजार धरौटी

हाम्रो पेज

३ पुष २०८२, बिहीबार १९:२७

काठमाडौं, ३ पुष । बिगोबमोजिमको धरौटी स्वीकार गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेले दिएको ७३ नम्बर निवेदनबमोजिम दुई करोड ७४ लाख ८४ हजार धरौटी स्वीकार गर्ने आदेश गरेको हो । रविको निवेदनमा ‘सहकारी ऐनको दफा १३१ बमोजिम धरौटी राखी साधारण तारेखमा रिहा हुन पाउँ’ भनिएको छ । तर, उच्च अदालतले भने सहकारी ऐनमा नै नटेकी फौजदारी संहिताको दफा ७१ बमोजिम हुने गरी आदेश गरेको छ । फौजदारी संहिताको दफा ७१ ले पनि अभियुक्तले सफाइ पाउने तहको प्रमाण फेला परेको हकमा मात्र बिगोबमोजिमको धरौटी स्वीकार गर्ने स्पष्ट व्यवस्था गरेको छ । “।।।निवेदक प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्दा निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपाउँ भन्ने देखिन्छ,” आदेशमा भनिएको छ, “प्रतिवादीले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो । बचत कर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारवाही अगाडी बढाउनू ।”

यस्ता छन् सर्त
१ सुरु जिल्ला अदालतले मिति २०८१ १० १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने ।

२ प्रतिवादीले निवेदन साथ पेस गरेको बैंक जमानत ९ग्यारेन्टी० रु। २,७४,८४,०००।– बिगोका हकमा सुरक्षित गर्ने ।

३ प्रतिवादी व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्वजानकारी दिने ।

४ सुरु जिल्ला अदालतको मिति २०८२र४र२६ को आदेश बदर गरिदिएको छ ।

५ अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा, साथै फैसलाले बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जर भए सोको कागज गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नू । रवि लामिछानेको विषयमा सर्वोच्च अदालतले रिहा हुन नसक्ने आठवटा आधार प्रस्तुत गरेको छ । उक्त आदेशसमेत मगाएको बुटवल इजलासले सर्वोच्चको आदेश नै बदर हुनेगरी अर्को आदेश जारी गरेको छ । रवि भने भोलि रुपन्देही अदालतमा पुगेपछि मात्रै रिहा हुने हुनु भएको छ।