एमालेको आज बन्दसत्र ,केन्द्रीय कमिटी बैठक सुरु, पदाधिकारी थप थप्न प्रस्ताव

हाम्रो पेज

२८ मंसिर २०८२, आईतवार ११:५९

काठमाडौं, २८ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक कार्यकालको अन्तिम बैठक हो । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीले समेत तत्कालीन प्रधानमन्त्री स्वयं आफूलाई कारबाही गर्नुपर्छ नभनेको बताउनु भएकोछ । तर, ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उहाँले पार्टीकै केही नेताहरू अरुको एजेन्डा बोकेर हिँडेको भन्दै असन्तुष्टि जनाउनुभयो । जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी ओली सोही आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य हुनुभएको थियो । त्यसपछि गठित सरकारले बनाएको छानबिन आयोगमा बयान दिन नजाने अडान ओलीले लिनुभएको छ । तर, पोखरेल पक्षले भने ओलीले आयोगमा गएर बयान दिनुपर्ने बताएका छन् । विपक्षीले त तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भनेका छैनन्, पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले भन्नुभयो हामी अरुको ऐजेन्डा बोकेर हिँडेका छौँ, आलोचनाका नाममा ।एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा पोखरेलले ओलीलाई चुनौती दिने तयारी गर्नुभएकोछ । यस्तै नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएको छ। उहाँले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गर्नुभएकोछ ।


फ्लोरबाट १९ जना पदाधिकारी बनाउनुपर्नेदेखि ३५१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्नेसम्मका माग उठेका छन् । १९ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव यसअघि ओलीले सचिवालयमा लगे पनि पछि हट्नु परेको थियो । अहिले केन्द्रीय समितिमा सोही प्रस्ताव फ्लोरबाट उठेको हो । उता महाधिवेशनमा अध्यक्षमा ओलीलाई चुनौती दिने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले भने त्यसरी विधान संशोधनको प्रस्ताव आएमा प्रतिवाद गर्ने तयारी गरेको छ ।