
विराटनगर, १८ मंसिर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको ज्यान गएको छ । बेलबारी घर भएका कोशी प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी जवान भीम खड्काको उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गएराति करिब १२ः२५ बजे विराटनगर महानगरपालिका–३ स्थित बरगाछी चोकनजिक कोशी राजमार्गमा बाप्र २–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । विराटनगरबाट कञ्चनवारीतर्फ जाँदै गर्दा मोटरसाइकल पल्टिँदा खड्का गम्भीर घाइते भएका थिए । घाइते खड्कालाई तत्कालै बिराट नर्सिङ होममा भर्ना गरिए पनि बिहीबार बिहान ४ बजे उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।