search logo
NOTIFICATIONS

संसद भवनको भग्नावशेष निरीक्षणमा मन्त्रीहरू

हाम्रो पेज

१ आश्विन २०८२, बुधबार १८:५२

काठमाडौं, १ आश्विन । सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका बेला आगजनी गरि क्षतिग्रस्त बनाइएको ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन्। अर्थमन्त्री रामेश्व खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्री निवास पुगेर त्यहाँको निरीक्षण गर्नुभएको हो । अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खालको योजनासहितको कामलाई अघि बढाउने योजना सार्वजनिक गर्नुभयो । घिसिङले भन्नुभयो, ‘यो क्षतिलाई हामीले तत्कालै मूल्यांकन गरेर यसलाई तत्काल र दीर्घकालमा कसरी पुनर्निर्माण गर्ने भन्ने कुरा छ। यसको डिजाइनदेखि लिएर मूल्यांकनसम्म केही समय लाग्छ। त्यसपछि हामी यसलाई पहिले जस्तो थियो त्यही अवस्थामा ल्याउँछौँ। तर, हामी तत्कालै सफाइ गर्नुपर्ने काम चाहिँ हामी तत्कालै गछौँ।’ संसद भवनपछि सर्वोच्च अदालत र भैंसेपाटीस्थित मन्त्री निवासको पनि संयुक्त अवलोकन गरिएको छ । जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए। संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम थालेको छ।