हाम्रो पेज


कर्फ्यू लाग्नुअघिको तुलनामा अहिले प्रदर्शनकारीहरू झन् आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन्। ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिए पनि भीडलाई नियन्त्रणमा लिन सकिएको छैन। संसद परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरिरहेको छ। आक्रोशित प्रदर्शनकारीले संसद भवन परिसरमा आगजनीको प्रयाससमेत गरेका छन् । सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् । ट्राफिक चोकमा केहीबेर प्रदर्शनपछि देवकोटा चोक हिँडेका प्रदर्शनकारी अस्पताल चोकमा रोकिएका छन् । कमाण्डविनाको प्रदर्शनका कारण भिड बरालिएको छ । देखिएको प्रदर्शनका सहभागीहरूले चर्को नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध गालीगलौजपूर्ण नारा लगाएका छन्।