निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित, कुलिङ पिरियडको छेडखानी सच्चियो

हाम्रो पेज

१७ भाद्र २०८२, मंगलवार १९:३०

काठमाडौं,१७ भाद्र । संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो। विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि फेरि अन्य कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था ९कुलिङ अफ पिरियड० राख्न खोजिएकोमा प्रतिनिधि सभाबाट पारित हुँदा त्यसमा गडबडी भएपछि त्यसले व्यापक विवाद निम्ताएको थियो।कुलिङ अफ पिरियडको मर्म नै मर्ने गरि गरिएको गडबडीको छानबिन गर्न प्रतिनिधि सभामा समिति बनाइएको थियो। तर, समितिले नाम नै किटान गरेर कसैलाई दोषी करार गरेन। राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएको गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको हो। राष्ट्रिय सभाको मंगलवारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री न्यौपानेले संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न संघीय निजामति सेवा ऐन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशासनिक संघीयता बलियो नगरी संघीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै उक्त ऐन लागु भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताउनु भयो । लामो समयसम्म कर्मचारी व्यवस्थापनमा देखिएको समस्याले संघीयतालाई व्यवहारमा उतार्न अवरोध गरेको भन्दै ऐनले ति समस्याहरुको समाधान गर्ने पनि बताउनु भयो । संघीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्दै सुशासनमुखी संयन्त्र विकास गर्नुपर्ने उहाँको भनाइ छ । अब राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन्। त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ।