रोटरी क्लव अफ विराटनगरको पदस्थापन कार्यक्रम सम्पन्न

हाम्रो पेज

४ भाद्र २०८२, बुधबार १३:४७
विराटनगर, ४ भदौ । रोटरी क्लब अफ विराटनगरको ४९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५–२०२६ का लागि तीन महिना अघि निर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।

विराटनगरको एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा क्लबका डिस्ट्रिक गर्भनर विनोद कोईरालाले नवनिर्वाचित अध्यक्ष टीपी आर्यालाई सपथग्रहण गराउनुभयो । त्यसपछि अध्यक्ष आचार्यले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर कोईरालाले रोटरी क्लवले समाजमा उदाहरणीय कार्यहरुका साथै बृहत बृक्षारोपणका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । यसका अलावा रोटरी क्लवले व्यक्ति स्वंयको व्यत्तित्व विकासमा समेत सहयोगी भुमिका खेल्दै आएको समेत बताउनुभयो ।

यस्तै बर्ष २०२५–२०२६ का अध्यक्ष आचार्यले समावेशी, सभ्य र विकसित समाज निर्माण गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले बिगतको कार्यसमितिले पुरा गर्न बांकी रहेका कार्यहरुलाई पुरा गर्नुका साथै डिस्ट्रिक गर्भनरको थिम अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । निर्वतमान अध्यक्ष मनोजविक्रम शाहले रोटरी भनेर भन्दापनि काम गरेर देखाउने संस्था भएको बताउनुभयो । उहाँले रोटरीले सेवा, टेवा र विचारलाई आत्मसात गरेर असल समाज निर्माणको काम गर्दै आएको बताउनुभयो । क्लवका निर्वतमान सचिव दिनेश गड्तौलाले संस्थाले बर्ष २०२४–२५ मा गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा युवा उद्यमी तथा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल र प्रेम पारखलाई सदस्यका रुपमा क्लवमा प्रवेश गराईएको छ । उहाँहरुलाई डिस्ट्रिक गभर्नर कोईराला र रोटरीका उच्च पदस्थ पदाधिकारीले रोटरी पिन लगाएर क्लबमा स्वागत गर्नुभयो । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियालगायतले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।