हाम्रो पेज
काठमाडौँ, २५ श्रावण । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि शनिबार सम्पन्न मिनी अक्सनमा आठ फ्रेन्चाइज टोलीले युवा खेलाडीहरूमाथि ठूलो लगानी गरेका छन्।
कुल ३७ खेलाडी अनुबन्ध गर्न २ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च भएको अक्सनमा देव खनाल, अर्जुन साउद र पवन सर्राफ जस्ता राष्ट्रिय टोलीका युवा स्टारहरूले सर्वाधिक १५ लाख रुपैयाँ मूल्य पाए।
अक्सनको सबैभन्दा ठूलो आकर्षण क्रिकेटर मोहमद आदिल आलम बने, जसलाई किन्न आठवटै टोलीले अधिकतम १५ लाख रुपैयाँ तिर्न तयार भएका थिए। अन्ततः गोलाप्रथाबाट काठमाण्डू गोर्खाज भाग्यमानी बन्यो। १५ लाखको क्लबमा चितवन राइनोजले विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र देव खनाललाई समान १५,१५ लाख रुपैयाँमा अनुबन्ध गर्यो। यस्तै, कर्णाली याक्सले अलराउन्डर पवन सर्राफलाई १५ लाखमा खरिद गर्यो। अलराउन्डर आदिल आलममाथि सबै टोलीले चासो देखाए। सबैले अधिकतम मूल्य तिर्न तयार भएपछि गोलाप्रथा गरिएको थियो, जसमा काठमाण्डू गोर्खाजले बाजी मार्यो। विराटनगरले स्पिनर सूर्य तामाङ, लुम्बिनीले विकेटकिपर दीलिप नाथ र अलराउन्डर शेर मल्ल, कर्णालीले युवराज खत्री र सुदूरपश्चिमले हेमन्त धामीलाई समान १०,१० लाख रुपैयाँमा अनुबन्ध गरे।

कुन टिमले कति खर्च गरे ?
टिम खर्च गरिएको रकम अनुबन्धित खेलाडी
चितवन राइनोज रु ३९,००,०००/-
काठमाण्डू गोर्खाज रु ३७,००,०००/-
लुम्बिनी लायन्स रु ३२,००,०००/-
कर्णाली याक्स रु २९,००,०००/-
विराटनगर किङ्स रु २७,००,०००/-
सुदूरपश्चिम रोयल्स रु २४,००,०००/-
जनकपुर बोल्ट्स रु १६,५०,०००/-
पोखरा एभेन्जर्स रु ११,००,०००/-
अक्सनमा को कतिमा बिके? पूर्ण विवरण
विराटनगर किङ्स, खेलाडी मूल्य
सूर्य तामाङ रु १०,००,०००/-
साहिल पटेल रु ५,००,०००/-
नारायण जोशी रु ५,००,०००/-
शंकर राणा रु ५,००,०००/-
श्रवण किस्कु रु २,००,०००/-
जनकपुर बोल्ट्स, खेलाडी मूल्य
मयन यादव रु ७,५०,०००/-
आदित्य महता रु ५,००,०००/-
सचिन भट्ट रु २,००,०००/-
विकास आग्री रु २,००,०००/-
चितवन राइनोज, खेलाडी मूल्य
देव खनाल रु १५,००,०००/-
अर्जुन साउद रु १५,००,०००/-
विपिन रावल रु ५,००,०००/-
विपिन आचार्य रु २,००,०००/-
रन्जित कुमार रु २,००,०००/-
काठमाण्डू गोर्खाज, खेलाडी मूल्य
मोहमद आदिल आलम रु १५,००,०००/-
सन्तोष यादव रु १०,००,०००/-
आकाश त्रिपाठी रु ७,००,०००/-
उत्तम थापा मगर रु ३,००,०००/-
तुलबहादुर थापा रु २,००,०००/-
पोखरा एभेन्जर्स, खेलाडी मूल्य
अर्जुन कुमाल रु ५,००,०००/-
कृष्ण पौडेल रु २,००,०००/-
अभिशेष तिवारी रु २,००,०००/-
सन्दीपकुमार खत्री रु २,००,०००/-
लुम्बिनी लायन्स, खेलाडी मूल्य
दिलीप नाथ रु १०,००,०००/-
शेर मल्ल रु १०,००,०००/-
विशाल पटेल रु ५,००,०००/-
दुर्गेश गुप्ता रु ५,००,०००/-
आदिल खान रु २,००,०००/-
कर्णाली याक्स, खेलाडी मूल्य
पवन सर्राफ रु १५,००,०००/-
युवराज खत्री रु १०,००,०००/-
दीपक डुम्रे रु २,००,०००/-
इमरान शेख रु २,००,०००/-
सुदूरपश्चिम रोयल्स, खेलाडी मूल्य
हेमन्त धामी रु १०,००,०००/-
दीपक बोहरा रु ५,००,०००/-
मिलन बोहरा रु ५,००,०००/-
दीपेन्द्र थापा रु २,००,०००/-
टेकबहादुर रावत रु २,००,०००/-

रिटेन गरिएका खेलाडीहरु:
विराटनगर किङ्स: सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी, नरेन भट्ट।
जनकपुर बोल्ट्स: आसिफ शेख, अनिल साह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, तुलबहादुर थापा मगर।
चितवन राइनोज: कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला, गौतम केसी।
काठमाण्डू गोर्खाज: करण केसी, साहव आलम, भीम सार्की, राशिद खान, दीपेश कँडेल, प्रतीक श्रेष्ठ।
पोखरा एभेन्जर्स: कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल, तृतराज दास।
लुम्बिनी लायन्स: रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी, अभिषेश गौतम।
कर्णाली याक्स: सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी, विपिन शर्मा।
सुदूरपश्चिम रोयल्स: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इसान पाण्डे, नरेन साउद।
मिनी अक्सन सकिएसँगै अब हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक-एक जना खेलाडी अनुबन्ध गर्नेछन्। त्यसपछि विदेशी खेलाडी अनुबन्धको प्रक्रिया सुरु हुनेछ। एउटा टोलीले चाहे जति विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने भएपनि एक खेलमा बढीमा चार जनालाई मात्र खेलाउन पाउने नियम रहेको छ।