search logo
NOTIFICATIONS

कोरोना संक्रमणबाट विराटनगरमा एक महिलाको मृत्यु, कोशी प्रदेशमा सतर्कता

हाम्रो पेज

१० असार २०८२, मंगलवार १३:०४
विराटनगर १० अषाढ I कोशी प्रदेशमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेसँगै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ। इलाम घर भएकी ३९ वर्षीया महिलाको अवस्था गम्भीर भएपछि उपचारकालागि ल्याइएकोमा अस्पतालको आकस्मिक कक्षमै ज्यान गएको हो।
यो घटनाले पछिल्लो समय बढ्दो संक्रमणको जोखिमलाई उजागर गरेको छ र सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि महिलालाई सोमबार झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा परीक्षण गराइएको थियो, जहाँ उनमा कोरोना संक्रमण पुष्टि भयो। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि मंगलबार बिहान ४:२० बजे उहाँलाई नोबेल अस्पताल ल्याइएको थियो। उपचारका लागि ल्याउँदा नै बिरामीको अवस्था अत्यन्त गम्भीर थियो,नोबेल अस्पतालले भनेकोछ, थप उपचार सुरु गर्न नपाउँदै बिहान करिब ६ बजे आकस्मिक कक्षमै उहाँको निधन भयो।
प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिनुभएको छ। कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मृतकबाहेक प्रदेशमा ८ जना सक्रिय संक्रमित छन् ।