नेपाल बाल संगठन मोरङको सभापतिमा नविन पहाडी मनोनित

हाम्रो पेज

१६ असार २०८२, सोमबार १६:४०
विराटनगर, १६ अषाढ I नेपाल बाल संगठन मोरङको सभापतिमा युवा नेता नविन पहाडी मनोनित हुनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको संगठनको केन्द्रीय कार्यसमितिले असार ६ गतेको निर्णयअनुसार विराटनगर निवासी पहाडीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। विद्यार्थी राजनीतिमा सक्रिय पहाडी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुमा आबद्ध हुनुहुन्छ। नवनियुक्त सभापति पहाडीलाई संगठनको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख तयार पार्ने, त्यसको संरक्षण गर्ने तथा संरक्षणविहीन बालबालिकाको हितमा काम गर्ने मुख्य जिम्मेवारी तोकिएको छ।

यसका साथै, उहाँले दुई जना सदस्य मनोनयन गरी आगामी तीन महिनाभित्र जिल्ला सभा सम्पन्न गरेर पूर्ण कार्यसमिति गठन गर्नुपर्ने म्यान्डेट पाउनुभएको छ। यो नियुक्तिसँगै लामो समयदेखि निष्क्रिय रहेको बाल संगठन मोरङले गति लिने अपेक्षा गरिएको छ।