NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, असार ६ I नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टर र विराटनगर ५ स्थित विराटनगर इन्टरनेसनल कलेजबीच उद्यमशीलता, स्टार्टअप र नेतृत्व बिकास सम्बन्धि बिषयमा सहकार्य गर्ने सम्झौता भएको छ I
सम्झौताअनुसार कलेजका विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यसहित विभिन्न तालिम, कार्यशाला र कार्यक्रमहरूमा सहकार्य गरिनेछ। यस्तै कलेजका विद्यार्थीलाई उद्यमशीलता, नेतृत्व विकास, नवप्रवर्तन र व्यवसायिक सोचमा अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यशाला, गोष्ठी, तालिम, अन्तरक्रिया तथा अन्य कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । सो अवसरमा बोल्दै कलेजका प्रमुख कार्यकारी शेरचनले यो विद्यार्थीहरूकालागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । मञ्चका अध्यक्ष सिग्देलले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गराउने र व्यवसायिक सोच विकास गराउने लक्ष्य अनुसार कलेजसँग सहकार्य सुरु गरिएको बताउनुभयो । सम्झौतामा भएका विषय चाँडै कार्यान्वयन गर्दै कार्यक्रम संचालन गरिने पनि सो अवसरमा जानकारी दिइएको छ।