हाम्रो पेज
विराटनगर, ५ अषाढ । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा शाखा बिस्तार गरेको छ । युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतिक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्घाटन गर्गनुभएको हो ।
सो अवसरमा बोल्दै राउतले विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्न पाउने बताउनुभयो । काठमाडौंमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानी लगायत विभिन्न खानका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ त्यसरी नै विराटनगरमा पनि खानको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैठौं आउटलेटका रूपमा विराटनगरमा आजदेखि सुरुवात गरेको बताउनुभयो । काठमाडौंमा २०७६ सालदेखि सुरु भएको ‘बिरयानी अड्डा’ को काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट रहेका छन्। विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याउनुभएको हो । उद्घाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न अफर दिइएको छ । ‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको मज्जा लिन पाइने बताइएको छ I