सातै प्रदेशको बजेट सार्वजनिकः कसको कति ? के छ प्राथमिकतामा ?

हाम्रो पेज

२ असार २०८२, सोमबार १५:३२
तस्वीर: कोशी प्रदेश सरकारको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगर
काठमाडौं, २ अषाढ I देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ कालागि आफ्नो बार्षिक आय व्ययको अनुमान (बजेट) प्रदेश सभामा प्रस्तुत गरेका छन्।

अधिकांश प्रदेशले पुँजीगत खर्चलाई प्राथमिकता दिँदै पूर्वाधार विकासमा जोड दिएका छन् भने बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ।

कुन प्रदेशको बजेट कति ? ठूलोबाट सानो क्रममा

प्रदेश कुल बजेट रु करोडमा चालुतर्फ पुँजीगततर्फ विशेषता अन्य
बागमती ६७ अर्ब ४७ करोड ३८ दशमलव ६० प्रतिशत ६१ दशमलव ४०प्रतिशत सातै प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट।
मधेस ४६ अर्ब ५८ करोड ३५ दशमलव ८९ प्रतिशत ६४ दशमलव ११ प्रतिशत पुँजीगत खर्चमा सबैभन्दा बढी जोड I
लुम्बिनी ३८ अर्ब ९१ करोड ३० दशमलव ८८ प्रतिशत ६० दशमलव ३२ प्रतिशत वित्तीय हस्तान्तरणमा ८ दशमलव ८० प्रतिशत विनियोजन।
कोशी ३५ अर्ब ८७ करोड ५२ दशमलव ०० प्रतिशत ४७ दशमलव ७० प्रतिशत चालु खर्चमा सबैभन्दा बढी जोड I
सुदूरपश्चिम ३३ अर्ब ४७ करोड ३० दशमलव ४९ प्रतिशत ५९ दशमलव २५ प्रतिशत चालुतर्फ सबैभन्दा कम प्रतिशत विनियोजन।
कर्णाली ३२ अर्ब ९९ करोड २३ दशमलव ६४ प्रतिशत ६० दशमलव ५५ प्रतिशत आईतबार मध्यरातमा बजेट प्रस्तुत।
गण्डकी ३१ अर्ब ९७ करोड ३९ दशमलव ५० प्रतिशत ५९ दशमलव ७० प्रतिशत सातै प्रदेशमध्ये सबैभन्दा सानो बजेट।
बजेटका मुख्य विशेषता र प्राथमिकता
बागमती प्रदेश ६७ दशमलव ४७ अर्बः आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २६ दशमलव ०४ अर्ब र पुँजीगततर्फ ४१ दशमलव ४३ अर्ब विनियोजन गरिएको छ। बजेटको स्रोतका लागि करिब ३५ अर्ब ६६ करोड राजस्व र बाँकी संघीय अनुदान तथा सञ्चित कोषबाट व्यहोरिने अनुमान छ।
मधेस प्रदेश ४६ दशमलव ५८ अर्बः अर्थमन्त्री सुनिलकुमार यादवले प्रस्तुत गर्नुभएको बजेट चालु आर्थिक वर्षको तुलनामा ६ दशमलव १३ प्रतिशत ले बढी हो। यसले पुँजीगत खर्चमा सबैभन्दा बढी ६४ दशमलव ११ प्रतिशत रकम छुट्याएको छ, जसले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको देखाउँछ।
लुम्बिनी प्रदेश ३८ दशमलव ९१ अर्बः आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको बजेटमा पुँजीगततर्फ २३ दशमलव ४७ अर्ब र चालुतर्फ १२ दशमलव ०१ अर्ब छुट्याइएको छ।
कोशी प्रदेश ३५ दशमलव ८७ अर्बः आर्थिक मामिलामन्त्री रामबहादुर मगरले प्रस्तुत गर्नुभएको बजेटमा अन्य प्रदेशको तुलनामा चालु खर्च ५२ प्रतिशत को हिस्सा बढी छ। यो बजेट चालु आर्थिक वर्षभन्दा १ दशमलव ७५ ले बढी हो।
सुदूरपश्चिम प्रदेश ३३ दशमलव ४७ अर्बः आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रस्तुत गर्नुभएको बजेटमा पुँजीगततर्फ १९ दशमलव ८३ अर्ब र चालुतर्फ १० दशमलव २० अर्ब विनियोजन गरिएको छ।
कर्णाली प्रदेश ३२ दशमलव९९ अर्बः आर्थिक मामिलामन्त्री राजिवविक्रम शाहले आइतबार मध्यरातमा बजेट प्रस्तुत गर्नुभएको थियो। यो बजेट चालु आर्थिक वर्षभन्दा करिब ५ प्रतिशतले बढी हो र यसले पुँजीगत खर्चमा ६० दशमलव५५ प्रतिशत रकम छुट्याएको छ।
गण्डकी प्रदेश ३१ दशलमव ९७ अर्बः आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रस्तुत गर्नुभएको यो बजेट सातै प्रदेशमध्ये सबैभन्दा सानो आकारको हो। यसमा पुँजीगततर्फ १९ दशलमव ०९ अर्ब र चालुतर्फ १२ दशमलव ६३ अर्ब विनियोजन गरिएको छ।
समग्रमा, प्रदेशहरूले संघीय सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक राजस्वलाई आधार बनाउँदै आफ्नो बजेट तर्जुमा गरेका छन्। अधिकांशको प्राथमिकता पूर्वाधार निर्माण, कृषि, पर्यटन र सामाजिक विकासमा केन्द्रित देखिन्छ।