कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोडः चालु खर्चलाई प्राथमिकता, पूर्वाधारमा १० अर्ब ५७ करोड

हाम्रो पेज

१ असार २०८२, आईतवार १९:३४
विराटनगर, १ अषाढ I कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-२०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटले चालु खर्चलाई प्राथमिकतामा राखेको छ भने पूर्वाधार विकासमा सबैभन्दा ठूलो रकम विनियोजन गरेको छ। यो बजेट चालु आर्थिक वर्षको विनियोजनभन्दा १ दशमलव ७ प्रतिशत र संशोधित अनुमानभन्दा १२ प्रतिशतले बढी हो।
आगामी आर्थिक वर्षका लागि कुल बजेटलाई देहायबमोजिम बाँडफाँड गरिएको छः
कुल विनियोजनः ३५ अर्ब ८७ करोड १९ लाख
चालुतर्फः १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत
पुँजीगततर्फः १७ अर्ब १० करोड ६५ लाख ४७ प्रतिशत
वित्तीय व्यवस्थापनः १० करोड ०दशमलव ३ प्रतिशत
स्थानीय तहमा वित्तीय हस्तान्तरणः ४ अर्ब ७० करोड ७२ लाख

बजेटका स्रोतहरू
आगामी आर्थिक वर्षको अनुमानित खर्च व्यहोर्नका लागि निम्न स्रोतहरूबाट रकम जुटाइनेछः
आन्तरिक राजस्वः ५ अर्ब ५० करोड
राजस्व बाँडफाँड संघबाट १२ अर्ब ३९ करोड ६० लाख
वित्तीय समानीकरण अनुदान संघबाट ८ अर्ब ९८ करोड ३४ लाख
सशर्त अनुदान संघबाट ४ अर्ब ५७ करोड १० लाख
समपूरक अनुदान संघबाट ३९ करोड १७ लाख
विशेष अनुदान संघबाट ५५ करोड ७२ लाख
रोयल्टीबाट प्राप्त हुने ३५ करोड ६ लाख
यी सबै स्रोतबाट कुल ३२ अर्ब ७४ करोड ७९ लाख जुट्ने अनुमान छ। बाँकी अपुग ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ।

क्षेत्रगत प्राथमिकता र विनियोजनमा
प्रदेश सरकारले विभिन्न क्षेत्रका लागि देहायअनुसार बजेट विनियोजन गरेको छः
पूर्वाधार विकासः १० अर्ब ५७ करोड
खानेपानी, सिँचाइ तथा ऊर्जाः ४ अर्ब ७३ करोड ३० लाख
स्वास्थ्यमाः ३ अर्ब ५१ करोड ७१ लाख
पर्यटन, वन तथा वातावरणः २ अर्ब ९७ करोड ६६ लाख
कृषि र उद्योगः २ अर्ब १८ करोड
शिक्षा, विज्ञान र सामाजिक क्षेत्रः २ अर्ब ५ करोड ५५ लाख
शान्ति सुरक्षाः ९६ करोड