NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ३० जेठ । अमेरिकामा रहेको एभरेष्ट आईटी एक्सपर्ट इन्स्टिच्यूट र मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कूल अफ ईन्जिनियरिङबीच तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
प्राविधिक शिक्षा र व्यवशायिक दक्षता बृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको तालिम आईटी क्षेत्रमा रुची राख्ने विद्यार्थीकालागि उपयोगी हुने एभरेष्ट आईटीका नेपाल निर्देशक घिमिरेले बताउनुभयो । आगामी सोमबारदेखि शुरु हुने तालिममा मनमोहन विश्वविद्यालयमा इन्जिनियरिङ संकायमा अध्ययन गर्ने २४ जना विद्यार्थीको सहभागिता रहने जानकारी गराईएको छ । तालिम कक्षामा र भर्चुअल दुवै माध्यमबाट हुनेछ ।
तालिममा एआईको प्रयोग तथा व्यवस्थापन, सफ्ट स्कील विकास, नेटवर्किङ, क्लाउड, डेटा सुरक्षा, सर्वर सेटअप लगायतका विषयमा व्यवहारिक ज्ञान हाँसिल गराईने घिमिरेले जानकारी दिनुभयो । तालिम पश्चात सहभागीहरुलाई प्रमाण पत्र पनि वितरण गरिनेछ । जसले उनीहरुलाई रोजगारीको क्षेत्रमा थप अवसर प्राप्त गर्न सहज हुने घिमिरेको विश्वास छ ।