
विराटनगर, ८ भाद्र ।मोरङको विराटनगर महानगरपालिका ७ स्थित मालपोत कार्यालय अगाडि फेला परेका एक नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्याएको छ। मालपोत कार्यालय अगाडि अन्दाजी २, ३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएको हो। प्रहरीका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। नवजात शिशुलाई कसले र किन छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।