
काठमाडौं, १८ चैत । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। यसअघि हिजो मंगलबार पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बुधबार बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ। यसअघि हिजो हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ। यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस चार हजार ६ सय ८० अमेरिकी डलरमाथि कारोबार भइरहेको छ । अमेरिका र इरानबीच जारी तनाव केही हप्ताभित्रै अन्त्य हुन सक्ने संकेतहरू सार्वजनिक हुन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो । सुरक्षित लगानीको रूपमा चिनिने सुनचाँदीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दा मूल्य उकालो लागेको हो । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय बजार सूचकअनुसार सुनको मूल्य प्रतिऔंस ४,६८४ अमेरिकी डलर आसपास पुगेको छ, जुन एकैदिनमा करिब ३.४५ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी चाँदीको मूल्य पनि प्रतिऔंस ७४.५ डलरसम्म पुगेको छ, जसमा ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।